
काठमाडौं । जहाजको सिटमा सँगै बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा चितवन प्रस्थान गरेका छन्। उनीहरु बसेको सिट अगाडि बसेका रहेछन् प्रधानमन्त्री दाहाल पुत्र प्रकाश दाहाल। उनले सेल्फी खिचे जहाँ एकै सिटमा बसेका दाहाल–देउवा हल्का मुस्काएका छन्। दाहाल झ्यालतिर छन् देउवा छेउ।
तीनदिन पछि हुने स्थानीय तह चुनावमा सत्ता साझेदार दुई दल कांग्रेस र माओवादीबीच तालमेल छ। यहि तालमेलले यी दुई पार्टी प्रमुखलाई झनै नजिक खिचेको छ।
बिहीबारको यो चितवन यात्रा दाहाल पुत्री रेणु दाहाललाई भरतपुर महानगरको मेयर पदका लागि मत माग्ने चुनावी सभाका लागि हो। भरतपुर महानगरमा दाहाल पुत्री मेयर र कांग्रेस उम्मेद्वार उपमेयरमा तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन्।
तस्बिरः प्रकाश दाहालको फेसबुकबाट।
Leave a reply