
काठमाडौं। सरकारले नेपाली चिया तथा कफीलाई अमेरिकी बजारमा प्रवद्र्धन गर्ने योजना बनाएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपालको चिया तथा कफीलाई अमेरिकी बजारमा प्रवद्र्धन गर्न आफूहरु लागि परेको बताएका हुन्। उनले अमेरिकी बजारमा नेपाली चियाको माग उच्च रहेको उल्लेख गरे।
नेपाली चियाको अमेरिकी बजारमा प्रवद्र्धन गर्दै आएको नेपाल टी एलएलसी कम्पनीले बिहीबार काठमाडांैंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली चियाको अमेरिकी बजारमा प्रवद्र्धन गर्न सकिए नेपालले आर्थिक रुपमा फड्को मार्ने विश्वास व्यक्त गरे। उनले विश्व बजारमा नेपाली चियाको माग भएपनि त्यसलाई पूर्ति गर्ने अवस्था भने नेपालमा नरहेको जनाए।
नेपाल चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादन हुँदै आएको चिया भारतले आफ्नो ब्रान्ड बनाई अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण गर्दै आएको जनाएको छ।
Leave a reply