बाबुरामले प्रचण्डलाई भने: सत्ताको आडमा हिंसा नचर्काउ

२८ बैशाख २०७४

banner

काठमाडौं । तातेको चुनावी माहोलमा पार्टीका नेता कार्यकर्ताको चटारो चुनावी प्रचारमा मात्र सिमित छैन। आरोपप्रत्यारोप पनि उत्तिकै चलेको छ।

दश बर्षे जनयुद्ध सँगै हाँकेका प्रचण्ड-बाबुरामबीचको चुनावी दन्तबजान कम रोचक छैन। नयाँ शक्ति पार्टीका संयोजक डा।बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत माओवादी केन्द्रलाई चेतावनी शैलीमा सुझाव दिएका छन्।

नयाँ शक्ति पार्टी जस्तै इमान्दारपूर्वक शान्तिपूर्ण बाटोमा आउन र नसके विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झैँ घोषित ढंगबाटै सशस्त्रविद्रोहमा जान भट्टराईले माओवादी केन्द्रलाई सुझाव दिएका हुन्। उनले सत्तामा बसेर हिंसा नगर्न पनि सुझाएका छन्।

शनिबार साँझ माओवादी केन्द्रका कार्यकर्ताले गोरखाको लक्ष्मी बजारमा नयाँ शक्तिका कार्यकर्तामाथि कुटपिट गरेका थिए। कुटपिटमा नयाँ शक्तिका चार जना कार्यकर्ता घाइते भएका थिए। त्यस्तै मंगलबार राती दोलखामा एमाले र नेकपा माअ‍ोवादी केन्द्रका कार्यकर्ताबीच झगडा हुँदा एमालेबाट गौरीशंकर गाउँपालिका वाडा नम्बर २ का वडा सदस्यमा उम्मेदवारी दिएका गोरे तामाङका छोरा कुलबहादर तामाङका मृत्यु भएको थियो।

यही घटनालाई लिएर डा।भट्टराईले माओवादी केन्द्रलाई  सत्ताको आडमा हिंसा नगर्न सुझाव दिएका हुन्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »