ट्याटु भएका माछाको फोटो इन्टरनेटमा भाइरल 

२८ बैशाख २०७४

banner

एजेन्सी। फिलिपिन्समा मंगलबार एक माझीले यस्ता माछा समातेका छन् जसको शरीरमा ट्याटु बनेको थियो। यो माछालाई देख्नेजति आश्चर्यचकित भएका छन्। हेर्दाहेर्दै २४ किलोको यो माछाका फोटोहरु इन्टरनेटमा भाइरल भएका छन्। जोसिमो तानो नामका माझीले यो माछा समातेका थिए। 
गर्मी धेरै भएका कारण उनले माछालाई आफ्नो टिसर्टले बेरेर राखे। तानोको टिसर्टमा नीलो रंगका ट्याटु बनेका थिए जो माछाको शरीरमा प्रिन्ट भए। तानोले यो कुरालाई गम्भीर रुपमा लिएनन् तर जब बजारमा माछा बिक्रीका लागि गयो तब मानिसहरुले माछाको फोटो खिचेर सोसल मिडियामा शेयर गरे। तानोले पछि भने कि माछाको शरीरमा ट्याटु उनको टिसर्टका कारण बनेको थियो तर त्यतिबेलासम्म फोटो भाइरल भइसकेको थियो। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »