तपाइँले मजाक उडाउने यी महिला ओस्कार अवार्डको लागि छानिएकी थिइन्

२८ बैशाख २०७४

banner

एजेन्सी। यो फोटो चिन्नुभयो? बिहे गर्छु त सिर्फ ‘फलानो’सँग भनेर फेसबुक, ट्वीटर, ह्वाट्सएपमा बजाक उडाइने महिला हुने यिनी। तर, तपाईले यिनको वास्तविकता थाहा पाउनुभयो भने मजाक उडाउन छोडेर अटोग्राफ माग्नुहुन्छ। 
यी महिला हुन् ग्रेबरी सिडिबे। १९८३ मा जन्मिएकी ग्रेबरी एक अमेरिकी एक्ट्रेस हुन्। उनले आफ्नो करिअरको सुरुवात २००९ मा फिल्म प्रिसियसबाट गरेकी थिइन्। उनलाई पहिलो फिल्ममा नै ओस्कार अवार्डको बेस्ट रोल क्याटोगोरीमा नोमिनेशन गरिएको थियो। उनलाई गोल्डेन ग्लोब जस्तो प्रतिष्ठित अवार्डको लागि पनि नोमिनेशन गरिएको थियो। ग्रेबरी अमेरिकाकी निकै चर्चित अभिनेत्री हुन्। उनी अमेरिकन हरर स्टोरी नामक टेलिभिजन सिरिजको कैयौं भागहरुमा काम गरिसकेकी छिन्। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »