सरकारी सम्पत्ति नष्ट गरेको आरोपमा भैँसी गिरफ्तार

२९ बैशाख २०७४

banner

काठकाण्डौँ सरकारि सम्पत्ति नष्ट गरेको आरोपमा प्रहरिले भैँसीलाई नै गिरफ्तार गरेको छ । यो खबर हो भारतको युपी राज्यको । युपी राज्यको एक क्याम्पसमा रुखबिरुवा खाएपछि भैँसीलाई प्रहरिले नियन्त्रणमा लिएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार यो अनौठो घटना लखिमपुर खिरी जिल्लाको पालियास्थित बलदेव वैदिक इंटर कलेजमा भएको हो ।  पर्खाल नै तोडेर कलेजभित्र प्रवेश गरेको भैँसीले भित्रको बोटविरुवा नष्ट गरेको थियो ।

भैँसीले कलेजभित्रको फुल तथा बोटविरुवा खाएपछि क्याम्पस प्रशासनले प्रहरिलाई फोन गरेको थियो । त्यसपश्चात आएको प्रहरि टोलीले भैँसीलाई नियन्त्रणमा लिएर प्रहरि चौकी लगेको थियो ।

भैँसीलाई फिर्ता ल्याउनको लागि भैँसी पाल्ने किसानले जरिवाना तिर्नुपर्ने प्रहरिले बताएको छ ।  

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »