मेस्सी र रोनाल्डोलाई विस्थापित गर्ने तीन खेलाडी

३० बैशाख २०७४

banner

काठमाण्डौँ। चेल्सीका एडेन हजार्डले अहिले विश्व फुटबलमा सर्वाधिक चर्चित खेलाडीद्वय बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी र रियल मड्रिडका पोचुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्न सक्ने भन्दै तीन खेलाडीको नाम लिएका छन् ।

पछ्ल्लिो १० बर्ष बलोन डि ओर अवार्ड जित्दै आएका मेस्सी र रोनाल्डोले विश्व फुटबलमा तहल्का मच्चाइरहेका छन् ।

हजार्डलाई पनि बलोन डि ओरको लागि योग्य खेलाडीको रुपमा हेरिएको छ । हजार्डले स्काइ स्पोर्टससँगको कुराकानीमा भने  'एक दिन म पनि बलोन डि ओर जित्छु भन्ने लाग्छ तर नजिते पनि कुनै समस्या भने छैन' । आफू आफ्नो करिअर राम्रो बनाउन प्रयत्न गर्ने र अन्य खेलाडी पनि त्यसका लागि तयार रहेको उनले बताए ।

मेस्सी र रोनाल्डोले सन्यास लिएका केही बर्ष उत्कृष्ट खेलाडीको रुपमा नेइमार, पाउल पोग्बा र एन्टोनी ग्रिजम्यान उदाउने उनको तर्क छ । त्यस्तै उनले अर्जेन्टिनाका पाउलो डिबाला पनि राम्रो खेलाडी भएको बताए ।


Leave a reply

HTML Tags are not supported

Post My Comment »