फेसबुकले प्राथमिकतामा राख्यो नेपाली निर्वाचन

३१ बैशाख २०७४

banner

काठमाडौं । सामाजिक संजाल फेसबुकले नेपालको स्थानीय निकायको चुनावलाई प्राथमिकतामा राखेको छ । फेसबुकले नेपाली प्रयोगकर्ताको फेसबुकमा आज लगइन हुनासाथ ‘आज नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ तपाइँ पनि मतदान गर्नुहोस्’ भन्ने सन्देश देखाइरहेको छ । 

फेसबुकले नेपाली प्रयोगकर्तालाई मतदानमा उत्साहित गर्ने गरी सन्देश राखेको हो । उसले त्यसका लागि मतदातालाई आफ्नो मतदान केन्द्र र मतदाता नामावलीमा आफ्नो नाम भए नभएको जाँच गर्ने सुविधा पनि दिएको छ ।

फेसबुकले दिएको लिंकबाट निर्वाचन आयोगको अफिसियल वेबसाइटमा पुगिन्छ । जहाँ मतदाताले आफ्नो तस्वीरसहितको मतदाता विवरण हेर्न सक्छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »