प्लास्टिकमा आन्द्रा बोकेर हिँड्ने राईले नयाँ जीवन पाए

१ जेठ २०७४

banner

मोरङ । खर्च अभावमा उपचार नपाएर शरीर बाहिर निस्किएको आन्द्रा प्लास्टिकमा बेरेर हिँडेका मोरङ मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाउनु भएको छ।

४० वर्षीय राईले उपचारका लागि आवश्यक रकमको अभावमा उपचार गर्न नपाएको विषयलाई राससले समाचार प्रकाशित गरेको थियो। राससले ‘आर्थिक अभावमा प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ शीषकको समाचार चैत अन्तिम साता प्रकाशित गरेको थियो। सो समाचार विभिन्न सञ्चार माध्यममा आएपछि नोबेल अस्पतालले राईको निःशुल्क उपचार गरेको हो। एक महिना १३ दिन लगाएर गरिएको उपचार सफल भएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए।

अल्सर भएर डेढ वर्षअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उहाँको शल्यक्रिया भएको थियो। प्लास्टिकको पोकोमा आफ्नो आन्द्रा बोकेर हिँड्ने राईले उपचार पाएसँगै नयाँ जीवन पाएको बताए। तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षीय राईको उपचारका लागि बिपीले शल्यक्रिया गरेपछि छ महिनामा बोलाएको थियो। तर, खर्च अभावले राईले १५ महिनादेखि शरीर बाहिर आन्द्रा लिएर हिँड्न बाध्य थिए।

नोबेल अस्पतालका वरिष्ठ जेनेरल सर्जन डाक्टर जेएन भगवतीको टोलीले उक्त उपचार गरेको हो। “लामो समयसम्म उपचार नहुँदा बिरामीको पेटभित्र प्रोल्याप्स थुप्रै घाउ भएको थियो,” उपचारमा संलग्न जेनेरल सर्जन डाक्टर सुनित अग्रवालले भने, “बिग्रेको भागको आन्द्रा काटेर फालियो र बिरामीलाई निको बनाइयो।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »