मलिसालाई जिताउन गायक रामकृष्ण ढकालको अपील

१ जेठ २०७४

banner

जर्मनीस्थित डिज्नी च्यानलको ‘सोए लुना–डाइन् आउफ्ट्रीट्’ प्रतियोगितामा शीर्ष पाँचमा पुगेकी नेपाली चेली मलिसा गुरुङलाई जिताउन गायक रामकृष्ण ढकालले सबैलाई आग्रह गरेका छन । परिवार सहित युरोप भ्रमणमा आएका गायक ढकालले नेपालीहरुको लागि यो खुशीको क्षण भएको भन्दै प्रशान्त तामागं र टेरिया मगरलाई जिताएका नेपालीहरुले मलिसालाई पनि भोट गरेर जिताउने आशा ब्यक्त गरे । साथै प्रतियोगी मलिसाले रामकृष्ण ढकालका साथै सम्पूर्ण नेपालीको साथ र प्रेरणाले झन उत्साहित तुल्याएको बताइन ।

गायन र नृत्यकलासम्बन्धी उक्त ट्यालेन्ट शोको अन्तिम प्रतिस्पर्धाका लागि उनी छानिएकी हुन् । प्रतियोगितामा जर्मनीसहित स्वीट्जरल्याण्ड र अस्ट्रियाका अन्य प्रतियोगिलाई पछि पार्दै उनी उत्कृष्ट पाँचमा पर्न सफल भएकी हुन । कार्यक्रम मे महिनाको पहिलो साता सोमबारदेखि शुक्रबारसम्म डिज्नी जर्मनीमा बेलुकी ८ बजे प्रदर्शन हुँदै आएको छ । प्रतियोगिताको बिजेता भने मे ५ बाट मे १८ सम्ममा प्राप्त हुने अनलाइन भोटको आधारमा तय हुनेछ । तपाईले यो लिंकमा गएर भोट हाल्न सक्नुहुनेछ : 
 


प्रतियोगिताको बिजेताले पुरस्कार सहित डिज्नी कै प्रायोजनमा एक एल्बम निकाल्ने अबसर पाउने छन् । विजेताको घोषणा आगामी जुन ९ मा नेपाली समय बेलुकी १० बजेर ५५ मिनेटमा डिज्नी च्यानल, जर्मनीबाट गरिनेछ । भारतीय टेलिभिजन शो मा आफ्नो प्रदर्शन देखाएर विजेता हुन सफल टेरिया मगरपछि मलिसा अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेकी अर्की नेपाली चेली हुन् । फेरि एकपटक हामी आम नेपालीले मलिसालाई भोटिङ गरेर युरोप सहित विश्वमा नेपाली नाम उच्च पारेको अवसर जुटेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »