१४ आरोहीद्वारा सगरमाथाको सफल आरोहण!!!

३ जेठ २०७४

banner

सल्लेरी (सोलुखुम्बु), १ जेठ । सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो निर्माण गरेको कम्पनीका सरदार शेरप शेर्पाले जानकारी दिए ।

बाटो खोलिएसँगै आज पहिलोपटक एक आरोहण दलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । यो यामको पहिलो आरोहण गर्ने टोलीमा ११ पर्वतारोही शेर्पासहित तीन ब्रिटिस गोर्खा सैनिक रहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आरोही समूहले आज दिउँसो १ः१५ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेको हो । यस्तै भोलि मङ्गलबार आरोहणका लागि क्याम्प ४ मा करिब ७० जनाको समूहले तयारी गरिरहेका छन् । पर्यटन विभागका अनुसार यो वर्ष ४१ समूहका ३७४ जनाले सगरमाथाको आरोहण गर्दैछन् । रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »