रियल मड्रिड लालिगाको उपाधिनजिक, एक अंक भए पुग्ने

३ जेठ २०७४

banner

काठमाण्डौँ। रियल मड्रिड स्पेनिस लालिगाको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा सेल्टा भिगोलाई ४-१ ले पराजित गरेपछि रियलको उपाधि होड बलियो बनेको हो ।

रियलको जितमा रोनाल्डोले दुई, करिम बेन्जिमा र टोनी क्रुजले समान एक एक गोल गरे । सेल्टा भिगोका गुईडेटीले एक गोल फर्काए ।

रियल मड्रिडका लागि रोनाल्डोले १० औँ र ४८ औँ मिनेटमा गोल गरे । त्यस्तै बेन्जिमाले ७० औँ तथा टोनी क्रुजले ८८ औँ मिनेटमा गोल गरे । ६२ औँ मिनेटमा लागो आसपास दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि सेल्टा १० खेलाडीमा सिमित भएको थियो । सेल्टाका लागि गुइडेटीले ६९ औँ मिनेटमा एक गोल फर्काए ।

जितपछि लिगमा एक खेल खेल्न बाँकी हुँदा रियल मड्रिडको ९० अंक भएको छ । अब उसलाई जितको लागि एक अंक आवश्यक भएको छ । दोस्रो स्थानमा झरेको बार्सिलोनाको एक खेल खेल्न बाँकी हुँदा ८७ अंक छ।  रियलको लागि उपाधि जित्न अबको खेलमा बराबरि मात्र पनि पर्याप्त हुनेछ ।   

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »