
अमेरिकाको कनेक्टिकटमा २५६१ औं वुद्ध जयन्ती धुमधामका साथ मनाईएको छ ।
विश्वभरी भगवानगौतम वुद्धको २५६१ औं जन्मजयन्ती मनाई रहेको वेला कनेक्टिकट राज्य भरि छरिएर रहेका नेपालीहरुको साझा संस्था कनेक्टिकट नेपाली समाज (नेकोन) को आयोजनामा मे १४,२०१७ का दिन वुद्ध जयन्ती सभ्य र भव्य तिरकाले मनाईएको हो ।
न्यु हार्डफोर्डको इन्टरनेशनल वुद्घिष्ट मन्दिरमा रोमी योन्जनको संयोजकत्वमा बुद्ध जयन्ती मनाउने कार्यक्रम सम्पन्न भएको हो ।
एस. एन. ए.ब्रान्डफोर्ड नेपाली समाजका आध्यक्ष श्री रामचन्द्र रेग्मी ज्युको प्रमुख आतिथ्य रहेको उक्तकार्यक्रममा एस.एन ए. ब्रान्डफोर्डका प्रमुख सल्लाहकार गौरीश्वर शार्मा, एन.आर.एन कनेक्टिकट च्यापटरका अध्यक्ष रामओझा, जनसंपर्क समिति कनेक्टिकटका अध्यक्ष यादव दुलाल, समाजसेवीहरु श्री भद्रेश्वर उपाध्य, श्री महेन्द्र बहादुर श्रेष्ठ, नेकोनका पूर्व अध्यक्ष घनश्याम खड्का, नेकोनकाप्रमुख सल्लाहकार केदार खतिवडा लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष शंकर प्रसाद ढकालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तव्य दिदै कार्यक्रमका संयोजक तथा तामाङ्ग सोसाइटी कनेक्टिकटका अध्यक्ष रोमी योन्जनले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा लामा गुरु श्री गेलु लामाले मन्त्रोचरण गर्नुका साथैै भगवान वुद्धको पूजाआर्चना गरिएको थियो । यसै गरी अर्जुन सापकोटाले भगवान वुद्धको बारेमा केही नयाँ ज्ञान को बारेमा प्रकाश पारेका थिए ।
सोही अवशरमा एन.आर. एन अमेरीकाका पुर्व डाइरेक्टर लक्ष्मी बजगाँइले सुमधुर स्वारमा भगवान वुद्धको बारेमा कविता बाचन गर्दा उपस्थित सबैको मन प्रफुल्लित भएको थियो । कनेक्टिकटका समाज सेवी तथा सहित्कार श्री राम सुवेदीज्युले शान्तिको कामना गेका थिए ।
महिलाहरुको तर्फबाट बोल्दै ब्रान्डफोर्डबाट आएकी समाज सेवी श्रीमती शारदा रावलले नेपालीहरुले अमेरीकामा रहेर पनि आफ्नो जन्मभुमिमा जन्मीएका भगवान वुद्धको सम्मान र माया गर्न नछोडेको तथा नेपाली आमाहरुले जन्माएका शन्तान पनि भगवान बुद्ध जस्तै हुनु पर्ने धारणा राखेकी थिइन् । उपस्थित सबैलाई शान्तिको कामना गर्न पनि उनले अनुरोध गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अथिति रामचन्द्र रेग्मीले हरेक वर्ष नेकोनको अयोजनामा निरन्तर गरीरहेको भगवान वुद्धको जन्म जयन्तीे कनेक्टिकटको लागि विशेष कार्यक्रम रहेको चर्चा गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
औपचारिक कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष शंकर प्रसाद ढकालले गौतम बुद्धको जन्मस्थल नेपालमा जन्मीन पाउनु हरेक नेपालीहरुका लागि गर्वको कुरा भएको बताए । उनले भगवान बुद्धले देखाएको शान्तीको बाटोमा लाग्न सके नेपाल र नेपाली विश्वमै एउटा उदाहरण हुन सक्ने दाबी गरे । कार्यक्रमको संचालन संस्थाका स–सचीव केशव शर्मा दाहालले गरेका थिए ।
Leave a reply