
अमेरिका नेपाल सोसाइटीको ५० औं वार्षिकोत्सवको अवसरमा फोटो प्रतियोगिता आयोजना हुने भएको छ ।
नर्थ अमेरिका महादेशको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटी सन १९६७ मा स्थापना भएको हो । स्थापनाको ५० औं वार्षिकोत्सवको अवसर पारेर एएनएस सम्पदा फोटो प्रतियोगिता २०१७ हुने भएको हो ।
फोटोग्राफीमा इच्छा राख्ने सबैले ansphotocontest@gmail.com मा आफूले खिचेको सम्पदाको फोटो पठाएर सहभागिता जनाउन सकिने आयोजकले जानकारी गराएको छ । उक्त फोटोलाई वार्षिकोत्सवमा प्रदर्शन गरिनेछ । उत्कृष्ठ फोटोलाई पहिलो, दोस्रो र तेस्रोमा छुट्याइने आयोजक संस्थाले जनाएको छ ।
प्रथमले क्याननको क्यामेरा पाउनेछन् भने दोस्रो र तेस्रोले पनि क्यामेरा नै पुरस्कार पाउने व्यवस्था गरिएको छ ।
रास्ट्रिय समाचार समिती ९रासस०का पूर्व फोटो पत्रकार कुमार श्रेष्ठ प्रतियोगिताको संयोजक तथा निर्णायक रहेका छन् ।
संयोजक श्रेष्ठका अनुसार फोटो प्रतियोगितामा सहभागिता जनाउनेले कुनै शुल्क बुझाउनु पर्दैन ।
आयोजकको इमेलमा इच्छुकले दुई वटा सम्पदाको फोटो पठाउनुपर्नेछ ।
मे २५ सम्ममा इच्छुकहरुले ६ एमबी अथवा ३ सय डिपीआइको फोटो फठाउनुपर्नेछ ।
क्यानाडा र अमेरिकामा रहेका करिब ७०० वटा नेपाली संघ, संस्थाहरुमध्य अमेरिका नेपाल सोसाईटी सबैभन्दा जेठो संस्था हो।

Leave a reply