कोलम्बियाको क्यार्टागेना शहरमा विस्फोट, ६ जनाको मृत्यु

४ जेठ २०७४

बोगोटा । कोलम्बियाको उत्तरी सहर क्यार्टागेनामा बुधबार भएको एक विस्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य २३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । 

राज्यद्वारा सञ्चालित पानी जहाज बनाउने कारखानामा रहेको एउटा ट्याङ्कर विस्फोटन भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। 
सो घटनामा परी मृत्यु भएका मध्ये तीन जनाको घटनास्थल मै मृत्यु भएको थियो भने, अरु तीन जनाको अस्पतालमा मृत्यु भएको हो। 

घाइतेमध्ये अधिकांशको शरीर जलेको छ । उनीहरु सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। रासस/सिन्ह्वा 

Leave a reply

HTML Tags are not supported

Post My Comment »