प्रिंयकालाई लाइन मार्दै सौगात मल्ल

४ जेठ २०७४

banner

काठमाडौँ । नेपाली सिने जगतका चर्चित एंवम दर्शकहरुको ढुकढुकीमा आफूहरुलाई बसाउन सफल नायक सौगात मल्ल र नायिका प्रिंयका कार्की चलचित्रमा जोडीका रुपमा देखिदैंछन् । 

उनीहरु दुवै चलचित्र फाटेको जुत्तामा नायक र नायिकाको भूमिकामा देखिन लागेका हुन् । चलचित्रको आज ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभमुहरत गरिएको छ । 

शुभमुहरतकै अवसर पारेर यी नायक सौगात मल्ल र नाियका प्रिंयका कार्कीले चलचित्रको डायलगमा छोटो अभिनय गरेका थिए । शुभमुहरतपछि संचारकर्मीसँग कुराकानी गर्दै यी दुई जोडीले सँगै काम गर्ने अवसर प्राप्त भएकोमा आफूहरु निकै उत्सुक रहेको बताए । 

साथै उनीहरुले यस चलचित्रलाई दर्शकहरुले मनैदेखि रुचाउनेमा आफूहरु आशावादी रहेको बताएका छन् । उक्त चलचित्र कात्तिक १७ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । निकेश खड्को निर्देशन रहेको यस चलचित्रलाई अर्जुन कुमारले निर्माण गर्न लागेका हुन् ।

चलचित्रको शुटिङ आउँदो सात गतेबाट सुरु हुँदैछ भने यसको सबै छाँयाकन विरगंजमा हुने निर्माता अर्जुन कुमारले डिसीनेपाललाई जानकारी दिए । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »