स्वदेशमा देखाउन नपाएको कला युएईमा प्रर्दशन गर्दै नेपाली खेलाडी

४ जेठ २०७४

banner

युएईमा हुन लागेको "बुदोकन कराते च्याम्पियन सीप अन्तरराष्ट्रिय खुला आमन्त्रण कप - २०१७" मा नेपालमा मौका नपाएका १० नेपाली खेलाडीहरु मैदानमा उत्रने भएका छन। विश्वका विभिन्न देशहरुका खेलाडीहरु सहभागी हुने उक्त च्याम्पियन सीपमा युएइमा कार्यरत १० नेपाली खेलाडीले सहभागीता जनाउन लागेका हुन। यहि मे महिनाको १९ तारिख शुक्रबारको दिन हुन लागेको कराते च्याम्पियन सीपमा १० खेलाडीहरुले ११ खेलमा सहभागीता जनाउन लागेका हुन।

स्वदेशमा रहदा हामीसंग कला भएर पनि माथिल्लो तहमा आफन्तहरु नभएकोले हामीले हाम्रो दक्षतालाइ प्रस्तुत गर्न नसके पनि परदेशमा अझ सानका साथ नेपाली झण्डा फर्फराएर यसरी अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी हुन पाउनु हाम्रो लागि निकै ठूलो अवसर हो। साथै हाम्रो खेल कौशललाई जिवन्त राख्न पनि सहयोग हुनेछ।" डिसिनेपाल संग कुरा गर्दै खेलाडीहरुले खुशी ब्यक्त गरे। साथै नेपालको झण्डा फर्फराउदै देशकै प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरको मैदानमा अन्तर्राष्ट्रिय खेलाडीहरु संग प्रतिस्पर्धा गर्न लागेका १० नेपाली खेलाडीहरुलार्इ युएइमा रहेका सम्पुर्ण नेपालीहरुले शुभकामना साथै धन्यवाद पनि दिएका छन। 


उक्त खेलमा सहभागी खेलाडी तथा अफिसियलको विवरण:-

१. रवी शाही - खेल रेफ्री (प्रशिक्षक तथा एशियन गोजु रीऊ कराते रेफ्री काउन्शिल सदस्य)
२. पबित्र भण्डारी - उपाधक्ष्य कल्ब तथा पूर्व खेलाडी 
३. प्रेम श्रेष्ठ -खेल रेफ्री - प्रशिक्षक 
४. बिशाल मगर - खेल रेफ्री 
५. पर्शुराम घिमिरे - टिम प्रशिक्षक 
६. पूर्ण भक्त लामा - टिम प्रशिक्षक 
७. प्रविन काजी श्रेष्ठ - अफिशियल- लजिष्टिक 
८. भानु भक्त पौडेल - अफिशियल 
९. हिरा लाल श्रेष्ठ - को-अर्डिनेटर
१०. मदन अधिकारी - अफिसियल 
११. फाई लामा - प्रशिक्षक 

खेलाडीहरु :-
१. कुमार जुङ्ग भुषाल 
२. बिजय तामांग 
३. उत्तम गुरुङ 
४. पुष्प नेउपाने 
५ राम लामा 
६. बिनोद राई 
७. लक्ष्मण मगर 
८. दिनेश सिंह अहिरे 
९. बिपिन श्रेष्ठ 
१०. क्रिन्जल श्रेष्ठ - काता मा पनि सहभागी 

सहयोगी महानुभावहरु :- 

१. कुक कनेक्ट एंड डी डी ए - ट्रेक सुट 
२. यक एंड येती गहना पसल- बुरदुबाई 
३ . एभेरेस्ट एड्भाटैजिंग एल एल सी  
४  श्री संजय पाण्डे 
५. श्री हरि अधिकारी 
६. श्री हरि के सी

Leave a reply

HTML Tags are not supported

Post My Comment »