सशस्त्र विद्रोहकी छापामार पम्फा बाबुरामको गृहनगरकी उपमेयर 

४ जेठ २०७४

banner

गोरखा । माओवादी सशस्त्र विद्रोहमा सहभागी गोरखा पालङ्टार नगरपालिका १ खोप्लाङ बेलवाकी २९ बर्षीय पम्फा बसेल उपमेयर बनेकी छन् ।

कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराँदै उनी विहीबार पालुङ्टार नगरपालिकाको उपमेयर पदमा जिजयी भएकी हुन्।


जित्दा खुसी लागेको छ तर चुनौतीपुर्ण अवरका रुपमा लिएको छु, उनले भनिन् । उनले ४ हजार ४ सय ९४ मत पाएकी हुन्। स्कुल पढ्दाापढ्दै १४ बर्षको उमेरमा भुमिगत भएकी बसेल्ले पार्टि शान्ति प्रक्रियामा आएपछि पढाईलाई पुनः निरन्तरता दिईन, ।

खुला विद्यालयबाट एसएलसी पास गरेर उनले अहिले प्सटु पास गरिसकेकी छन् । पढाईलाई अझै निरन्तरता दिने उनको धोको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »