सकियो दौडधूप, भावी प्रधानसेनापतिमा थापा पक्का

४ जेठ २०७४

banner

काठमाडौं । सरकारले सेनाका दुई रथीको पदावधि थप्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बलाधिकृत रथी बलदेवराज महत र बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको पदावधि थप्ने निर्णय गरेको हो।

यो निर्णयसँगै नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको विश्लेषण गरिएको छ।

बैठकले बलाधिकृत रथी महतको तीनमहिने पदावधि थप गर्ने निर्णय गरेको थियो । पदावधि थपसँगै रथी महत आगामी १४ कार्तिकसम्म सो पदमै बाहाल हुनेछन्।  आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »