बाबुले गरे छोरी बलात्कार, छिमेकीले फोन गरेपछि पुग्यो प्रहरी

५ जेठ २०७४

banner

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एक सौतेलो बाबुले आफ्नो ६ बर्षकी छोरीको बलात्कार गरेका छन् ।

छिमेकी घरमा बस्ने महिलाले बच्चाको योनीबाट रगत बगेको देखेपछि दिल्ली महिला आयोगलाई खबर गरेकी थिइन् । आयोगका पदाधिकारीसहित आएको प्रहरी टोलीले ती बालिकालाई अस्पतालमा भर्ना गरि आरोपि बाबुलाई पक्राउ गरेको छ ।

प्राप्त खबरअनुसार राजधारीको खानपुर इलाकामा बालिका आफ्नो आमा र सौतेले बाबुसँग बस्दै आएकी थिइन् ।

दिल्ली महिला आयोगमा बालिकालाई सोधपुछ गर्दा खेल्ने क्रममा लडेर चोट लाग्दा रगत आएको बताइन् तर जब पुलिसले उनकी बाबुुसँग कडा सोधपुछ गरेपछि आफूले नै छोरीको बलात्कार गरेको स्वीकारेका हुन् ।
एजेन्सी

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »