प्रचण्डपुत्री मेयर बनाएर बदलामा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने हल्लाको खण्डन

५ जेठ २०७४

banner

काठमाडाैं। भरतपुर महानगरपालिकाको मतगणनाको प्रशंग जोडेर एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमबारे चलेका हल्ला निराधार रहेका भन्दै त्यसको खण्डन गरिएको छ। भरतपुरमा माअोवादी उम्मेद्वार रेणु दाहालको जित निश्चित गर्न गौतमलाइ प्रधानमन्त्री बनाउने हल्ला चलेको थियो। त्यो निराधार रहेको भन्दै विज्ञप्तिमार्फत खण्डन गरिएको हो।

विज्ञप्तिमा लेखिएको छ ‘स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत हाल भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा उमेद्वारहरुको मतान्तर तल–माथि भइरहनु स्वभाविक प्रक्रिया हँदाहुँदै यसलाई सरकार परिवर्तनको विषयसँग जोडेर क.वामदेव गौतमको विरुद्धमा अफबाह फैलाई सुनियोजित, षड्यन्त्रपूर्ण ढंगले बजार हल्ला मच्चाइएको कुराप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’ 

वामदेव गौतम अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघको प्रचार विभागले जारी गरेको विज्ञप्तिमा थप लेखिएको छ– ‘हाम्रो अध्यक्ष कमरेडले निर्वाचनमा पार्टीको प्रभुत्व स्थापित गर्नेबाहेकका कुनै पनि वार्ता, छलफल वा संवाद कोहीसँग पनि गर्नुभएको छैन। त्यसमाथि सरकार हेरफेरसँग सम्बन्धित कुनै पनि विषयमा उहाँको चासो छैन, तत्काल पार्टीको नीति त्यसप्रकारको पनि छैन। यस्ता निराधार हल्ला जहाँ, जोसुकैबाट फैलाइएको भए पनि त्यो घोर भत्र्सनायोग्य छ र हामी त्यसको घोर निन्दा गर्दछौं। 

विज्ञप्तिमा अगाडि उल्लेख छ– ‘यस्ता कपोलकल्पित बजार हल्लालाई तुरुन्त रोक्न र नियन्त्रण गर्न हामी सबैसँग अपिल पनि गर्दछौँ। त्यस्ता तथ्यहीन, कपोलकल्पित भ्रामक विषयालाई सञ्चारमाध्यममा महत्व नदिन पनि आग्रह गर्दछौँ। ऐतिहासिक स्थानीय निर्वाचनमा उमेद्वार भएका सबै कमरेडहरुको विजयको व्यग्र आकंक्षा गर्दै बसेका नेकपा (एमाले) का सम्पूर्ण नेता तथा कार्यक्रर्ता कमरेढहरुको उत्साहमा ठेस पुर्याउनेखालका यस्ता बजार हल्लाको उद्गम स्थल प्रति हामी गम्भीरतापूर्वक चासो राखिरहेका छौं। अखिल नेपाल किसान महासंघ यस्ता अराजनीतिक हो–हल्ला प्रति गम्भीर रुपमा सचेत रहेको समेत जानकारी गराउन चाहन्छौँ। साथै, यस्ता बजार हल्लाको पछि नलाग्न हामी आमजनसमुदायसँग हार्दिक अपिल पनि गर्दछौं।’

विज्ञप्तिः

Leave a reply

HTML Tags are not supported

Post My Comment »