काठमाडौँमा आजदेखि कान्तिपुर फिल्म एकेडेमी संचालनमा

५ जेठ २०७४

banner

काठमाडौँ । काठमाडौँमा आजदेखि औपचारिक रुपमै कान्तिपुर फिल्म एकेडेमी संचालनमा आएको छ । राजधानीको मैतीदेवीमा रहेको एकेडेमीको आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गर्दै उक्त फिल्म एकेडेमीको सार्वजनिकरण गरिएको हो ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउने लगायतका मूख्य उद्देश्यका साथ एकेडेमीलाई संचालनमा ल्याइएको जनाइएको छ । एकेडेमीले विशेष गरेर युवा–युवतीहरुलाई प्राथमिकता दिएको छ ।

एकेडेमीलाई निर्माता छविराज ओझाले संचालनमा ल्याएका हुन् भने यसमा प्रकाश पुरी नरेश कुमार केसी, विमल सुवेदी, दयाराम घिमिरे लगायत अन्य व्यक्तित्वहरुको पनि भूमिका रहेको छ । एकेडेमी सार्वजनिकरणसँगै यस संस्थाले रसियाको सँग पाँच बुँदे सम्झौता समेत गरेको छ ।

कार्यक्रममा रसियाको उक्त संस्थाले कान्तिपुर फिल्म एकेडेमीबाट अभिनय विद्यामा अध्ययनरत विद्यार्थीहरु संजोग रसाईली र अनिल कँडेललाई अभिनय अध्ययनका लागि र निर्देशन विद्यामा अध्ययनरत परिच्छेद सेनलाई रसियाको कल्चर, आर्ट र सिनेमाको अध्ययनको लागि लैजाने सहमति भएको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »