बिहे गर्ने कुनै सोच बनाएको छैनः नायिका नम्रता श्रेष्ठ

५ जेठ २०७४

banner

काठमाडौँ । दिनेश राउतले निर्देशन गरेको चलचित्र पर्व आउँदो जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

निकिता पौडेल र सुवास गिरीले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मूख्य अभिनय रहेको छ । चलचित्रकै बारेमा जानकारी दिन पर्वको टिमले आज राजधानीमा पत्रकार सम्मलेन गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उपस्थित पर्वका टिमले चलचित्रलाई दर्शकहरुले मन पराउनेमा आफूहरु आशावादी रहेको बताए । सम्मेलनमा पत्रकारले बिहे कहिले गर्ने भनी सोधेको प्रश्नको जवाफ दिदैं नायिका नम्रता श्रेष्ठले भनिन्– अह अहिले विहे गर्ने कुनै योजना छैन ।

यस्तै सम्मेलनमा बोल्दै नायिका श्रेष्ठले युटुबमा करोडौंले मन पराएको आइटम गीत काले दाईमा नृत्य गर्न नपाएपनि आफू कति पनि दुखी नभएको बताइन् । 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »