कांग्रेस–माओवादी केन्द्रद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार

५ जेठ २०७४

banner

काठमाडौँ । भरतपुर महानगरपालिकामा स्थगित मतगणना पुन सुचारु गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले मतगणना बहिस्कार गरेका छन्। 

निर्वाचन अधिकृतले भरतपुर महानगरको वडा नम्बर ४, वडा नम्बर ७ र वडा नम्बर ९ को मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको भन्दै कांग्रेस र माओवादी केन्द्रले विरोध गरेका हुन्। कांग्रेस माओवादीले वार्ड नम्बर ९ को पुन: मतगणना गर्न माग गरेका थिए। 

केही बेर अघि वडा नम्बर ९ को मत परिणाम सार्बजनिक गर्दा निर्वाचन अधिकृतले यथार्थभन्दा फरक सार्बजनिक गरेको कांग्रेस–माओवादी नेताहरुको दाबी छ । नौ नम्बर वडाको मतगणना सकिँदा एमालेका उम्मेदवार देबी ज्ञवालीको १५१५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४८०९ मत सार्बजनिक गरिएको थियो।

माओवादी भन्छ - 'रेणु दाहालले ५ सय मतले अग्रता लिनुपर्नेमा उल्टै ३ सय बढी मतले पछि पर्ने गरी तथ्यांक सार्बजनिक गरियो त्यसैले हामी मतगणना बहिस्कारमा उत्रिएका हौँ।' अहिले मतगाणना क्षेत्र बाहिर नेपाली कांग्रेस, नेकमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले नाराबाजी समेत गरेका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »