भरतपुर महानगरः शुक्रबार दिनभर मतअन्तरको महाहंगामा (समीक्षा)

५ जेठ २०७४

banner

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको मतदान क्षेत्र र उनकै छोरी रेणु दाहाल उम्मेदवार समेत रहेको भरतपुर महानगरपालिकाको मतपरिणमले सबैको ध्यान खिचेको छ।

बिहीबार रातीसम्म भरतपुर महानगरपालिकाकी कांग्रेस/माओवादी गठबन्धकी साझा मेयर उम्मेद्वार रेणु दाहाललाई उल्लेख्य मतले पछाडी पार्दै अग्रस्थानमा रहेका नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली शुक्रबार बिहानसम्म आईपुग्दा एकाएक ८३ मतले पछाडी परे।

भरतपुर महानगरको वडा नम्बर ६ को मतपरिणामले अग्रता उल्ट्याइदिएर हलचल नै ल्याइदियो। एमाले, कांग्रेस र माओवादी तीनवटै दलले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरमा एमाले अग्रता तोड्ने कारक यही वडा नम्बर ६ बन्यो। जहाँ नेपाली कांग्रेसका उम्मेद्वार हरिबिलास कोइरालासहित उनको प्यानल नै भारी मत अन्तरले विजयी बन्यो। वडा नम्बर ६ को त्यो मतले मेयर पदको मतअन्तरलाई पनि उल्ट्याएर युटर्न गरिदियो। यो शुक्रबार सवेर बिहानको कुरा।

६ पछि वडा नम्बर ७ को मत गणना नतिजाले माओवादीले पाएको त्यो अग्रता क्षणभर पनि टिकाएन। एमालेले आफ्नो अग्रता खोसेर फेरी लिड गर्यो। 

एमालेका उम्मेद्वार राजेन्द्रमणि काफ्ले भरतपुर ७ मा विजय भए। वडा नम्बर ७ को मतले रेणु दाहालको मत अग्रतालाई फेरी तोड्यो। देवी ज्ञवालीले ५२९ मतले लिड गरे।

दिनभर यी दुई उम्मेद्वारले अग्रता आलोपालो बाँडिरहे। वडाहरूको मत गणना हुँदा कहिले रेणु त कहिले देवीले अग्रता पाए।

शुक्रबार मध्यान्नमा अग्रता पाँचसयले बढाएको एमाले विस्तारै कम अन्तरमा खस्कियो। दिन ढल्दै जाँदा माअोवादीको मत पनि बढ्दो क्रममा देखियो। वडा नम्बर ८ गनिसक्दा दुई उम्मेद्वारको मतअन्तरको टक्कर मात्रै २०३ मतको रह्यो। एमालेको अग्रता कायमै रह्यो।

महानगरको वडा नम्बर ८ को मत गणना गर्दा एमालेको मतअन्तर खस्केको हो।

वडा नम्बर ९ मा आएपछि एमालेको स्थिति सुध्रियो। देवी ज्ञवालीले ३४६ मतले अग्रता बढाए।

नेकपा एमालेका यमलाल कंडेलले प्यानलसहित भरतपुर-९ मा विजय प्राप्त भएपछि एमालेका लागि थप राहत मिल्यो।

वडा अध्यक्षमा कंडेलले ४१३ मतअन्तरले विजय प्राप्त गरेका हुन्। वडा अध्यक्षमा एमालेका लागि १५३५ मत र
कांग्रेसको ११२२ मत प्राप्त भएको थियो।

पछिल्लो अपडेटमा देवी ज्ञवाली-१५१५५ र रेणु दाहाल-१४८०९ मतमा छन्। विवाद पछि वडा नम्बर १० को मत गणना यो समाचार तयार पार्दासम्म स्थगित छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »