विराटनगर उपमहानगरपालिकामा मतदान कार्यक्रम सम्पन्न 

५ जेठ २०७४

banner

विराटनगर । आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय निर्वाचन कार्यालयले आज विराटनगरमा नमुना मतदान कार्यक्रम गरेको छ । मतदाता शिक्षा कार्याक्रम अन्तर्गत मतदाताहरुलाई मतदान प्रयोग गर्ने विषयमा जानकारी गराउन नमुना मतदानको आयोजना गरिएको हो ।

पहिलो चरणमा भएको निर्वाचनमा धेरै मत बदर भएपछि क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मतदातालाई मत हाल्ने प्रक्रियाका बारेमा जानकारी दिन  नमूना मतदानको आयोजना गरेको जनाएको छ। 

कार्यालयका कर्मचारीहरुले मतदातालाई मत हाल्ने प्रक्रिया, स्वस्तिक चिन्हको प्रयोग र मतपत्र मोडने विधिका वारेमा जानकारी गराएका थिए । 
नमुना मतदान कार्यक्रममा विराटनगरका मतदाताहरुको उत्साहजनक सहभागीता रहेको रेडियो नेपालले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »