मध्यरातको मतगणना : ४ हजार मतले कांग्रेसभन्दा एमाले अगाडी, पछिपछि रञ्जु दर्शना

५ जेठ २०७४

banner

काठमाडौँ । काठमाडौँ महानगरमा स्थानीय निकाय निर्वाचनको मत परिणाम अन्तर्गत अहिलेसम्म करिब करिब २५ प्रतिशत मतगणना सम्पन्न भएको छ। अहिले शुक्रबार मध्यरात एक बजे सार्बजनिक गरिएको मतगाणना अुनसार नेकपा एमालेका विद्यासुन्दर शाक्य ४ हजारबढि मतले अगाडी रहेका छन्। 

अहिलेसम्म प्राप्त जानकारी अनुसार नेपाली काग्रेसका राजुराज जोशीले ९१४९ मत प्राप्त गरेका छन् भने एमालेका विद्यासुन्दर शाक्यले १३२२५ प्राप्त गरेका छन्।  त्यस्तैगरि माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १५२७, नयाँ शक्तिका पवित्र बज्राचार्यले ८९, साझा पार्टीका किशोर थापाले ४१५७ र विकेकशील नेपाली दलकी रञ्जु दर्शनाले ५३०० मत प्राप्त गरेका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »