काठमाडौंमा एमालेको अग्रता कायमै, काँग्रेसलाई पनि टक्कर दिदै रञ्जु

६ जेठ २०७४

banner

काठमाडौँ । काठमाडौं महानगरपालिकामा मेयका लागि जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ। 

एमालेका उम्मेद्वार बिद्यासुन्दर शाक्य १३ हजार ५५७ मत सहित अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेद्वार राजुराज जोशीले ९ हजार ४८८ मत सहित उनलाई पछ्याइरहेका छन्। शाक्य भन्दा जोशी चार हजार ६९ मतले पछि छन्। 

त्यस्तै कान्छि उम्मेद्वार तथा विकेकशील नेपाली दलकी उम्मेद्वार रञ्जु दर्शना ५ हजार ५४७ सहित तेस्रो स्थानमा छिन् भने उनलाई साझा पार्टीका किशोर थापाले ४२ सय ३० मतले पछ्याइरहेका छन्। 

काठमाडौँ महानगरपालिकाको मतगणना निकै सुस्त गतिमा अघि बढेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »