२ सय २१ मत गन्दागन्दै गायब !

६ जेठ २०७४

banner

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ६ नम्बर वडाको २२१ मत गायब (हराएको) भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको छ।

सिद्धिपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय महालक्ष्मी नगरपालिकाले मतदान सम्पन्नपछिको मुचुल्कामा ३ हजार सात सय ५१ मत खसेको देखिएको थियो।

जसमा १०२ मत बदर भएको थियो । ३ हजार ६ सय ४९ मत सदर भएकोमा सबै दलले प्राप्त गरेको परिणाम जोड्दा २२१ मत कम देखियो।

माओवादीले यही २२१ मत गायब भएको भन्दै विरोध जनाएको हो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »