सूर्यविनायक-७ मा एमालेको प्यानल नै विजयी

६ जेठ २०७४

banner

भक्तपुर । सूर्यविनायक नगरपालिका-७ मा नेकपा (एमाले)का उम्मेदवारको समूह नै विजयी भएको छ। 

वडा नं ७ मा वडाध्यक्षसहित सदस्यमा एमालेका रवीन्द्र सापकोटाको पूरै समूह विजयी भएको हो। वडाध्यक्षमा एमालेका सापकोटाले एक हजार पाँच सय ३४ तथा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णभक्त खत्रीले सात सय ६९ र राप्रपाका धर्मराज थापाले ३३७ मत प्राप्त गरेका छन्। 

त्यस्तै महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार तथा खुला सदस्यद्वयमा कृष्णजित माकजु र अर्जुन खतिवडा विजयी भएका छन्। 

आज बिहानसम्ममा सूर्यविनायक नगरपालिका प्रमुखमा काँग्रेसका विष्णुराज कार्की आठ हजार एक सय ७६ र उपप्रमुखमा एमालेकी जुना बस्नेत आठ हजार नौ सय १७ मतले अग्रस्थानमा छिन्। प्रमुखमा एमालेका उम्मेदवार वासुदेव थापाले सात हजार नौ सय ७५ र उपप्रमुखमा काँग्रेसकी कल्पना राजथलाले छ हजार नौ सय १७ मत ल्याएकी छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »