तातो समोसा खाने चाहनाले ज्यानै गयो

डिसी नेपाल
८ कार्तिक २०७६ १४:०८

काठमाडौं। मदिराको नशामा एक व्यक्ति तातो समोसा खानको लागि आफैं समोसा पकाउन थाले । त्यही बेला त्यहाँ ४ जना अरु आए र उनीहरु पनि समोसा पकाउने जिद्दी गर्न थाले । उनीहरुबीचको बहस यतिसम्म बढ्यो कि एक जनाको हत्या भयो । यो सनसनीखेल घटना उत्तर प्रदेशको गाजीपुर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ

गाजीपुरको नोनहारा थाना क्षेत्रमा गाउँका दादाहरुले एक युवक सन्तोषको कुटीकुटी हत्या गरे । पीडितका परिवारको उजुरीपछि ४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । पुलिसले बिहीबार विलास र रम्भु नामका २ आरोपीलाई पक्राउ गरेको छ । २ आरोपी रोशन र टुनटुन अझै फरार छन् ।

यहाँ मंगलबार साँझ एक व्यापारीले समोसा बनाएर बेचिरहेका थिए । मदिराको नशामा त्यहाँ आएका मृतक सन्तोषले पसलेलाई समोसा साम्रोसँग पकाउन भने । उनलाई राम्रोसँग फ्राइ भएको समोसा चाहिएको थियो त्यसैले सन्तोषले पसलेसँग छनौटा लिएर आफैं समोसा फ्राइ गर्न थाले । त्यही बेला ४ जना युवक पनि मदिराको नशामा त्यहाँ आए र समोसा आफैं प्राइ गर्ने जिद्दी गर्न थाले ।

विवाद बढेपछि उनीहरु सन्तोषँग छनौटा खोस्न थाले । तर सन्तोषले छनौटा दिन अस्वीकार गरेपछि उनीहरुबीच विवाद झनै बढ्यो । विवाद यतिसम्म बढ्यो कि ती चार जनाले सन्तोषलाई कुटेर हत्या गरे । बताइएअनुसार ४ जनाले एक्ला सन्तोषलाई निर्घात कुटेका थिए । उनीहरुले सन्तोषलाई छनौटा, इँट, डण्डा र लात मुक्काले कुटेर बेहोस बनाएपछि उनीहरु भागेका थिए । पछि सन्तोषको मृत्यु भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *