मातेर पियौं - कृष्ण रिमाल

१६ फाल्गुन २०७३

banner

मातेर पियौं – कृष्ण रिमाल

पिउदिन भन्थ्यौ तर, मातेर पियौ!

जाली रहेछौ तिमि, ढाँटेर पियौ!

 
गाउमाथ्यौ तिमि, सिदा-साधा मान्छे,
तरआज अर्कै शहर, काटेर पियौ!

 

आदत बनेछ तिम्रो, नशामा रम्ने,

पैसा सकिदा पिठो, साटेर पियौ!

 

मानेनौ सुझाब मेरो, बिगार्यौ घरबार,

अहिलेत ब्राउन सुगर, चाटेर पियौ!

 

बिग्रियो भत्कियो संसार, सारा तिम्रो,

हरपल आफूभित्रै तिमि, फाटेर पियौ!

 

अन्तिम त्यो दिन, डाक्टरको बिन्ति,

डर-त्रास भयमा पनि, आँटेर पियौ!

Leave a reply

HTML Tags are not supported

Post My Comment »