१० वर्षदेखि फरार रहेका हत्याका अभियुक्त पक्राउ

१८ मङ्सिर २०७५
banner

बारा । प्रहरीले  बाराबाट एक जना १० वर्षदेखि फरार रहेका हत्याका अभियुक्त पक्राउ गरेको छ । 

संखुवासभा जिल्ला अदालतको २०६५ मंसिर ८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २ वर्ष कैद सजाय भई फरार रहेका प्रतिवादी बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ वस्ने राजकुमार गोलेलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ गोलेलाई बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंज पठाएको छ ।

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।