३ वर्षभित्र प्रतिव्यक्ति आय १७०० अमेरिकी डलर पुर्याइने

२७ भाद्र २०७५

banner

दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ३ वर्षभित्र प्रतिव्यक्ति आय १ हजार ७०० अमेरिकी डलर पुर्याउने लक्ष्य प्रदेश सरकारको रहेको बताएका छन्।

तीजको अवसरमा म्याग्दे गाउँपालिका २ स्थित न्यू भिजन युवा क्लबले आज जामुनेमा आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले ५ वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ५०० डलर पुग्ने जिकिरसमेत गरे। उनले २ वर्षभित्र सबै गाउँमा खानेपानी र सबै घरधुरीमा विद्युत पुर्याइने समेत बताए।

प्रदेश सरकारले भाषा र संस्कृति उत्थानका लागि पर्याप्त बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री गुरुङले गण्डकी प्रदेशलाई पर्यटकीय राजधानीका रुपमा विकास गरी पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »