विवाहमा झगडा हुदाँ एक जनाको मृत्यु, २ जना पक्राउ    

३१ बैशाख २०७६
banner

दैलेख । नारायण नगरपालिका–५ छातिकोटमा आफन्तको विवाहमा गएका युवाहरुको समूहबीच झगडा हुँदा मृत्यु भएका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या आशंकामा परेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

सोमबार राति झडपमा थापाको मृत्यु भएपछि फरार रहेका दुवैलाई प्रहरीले नारायण–७ टोड्के खोला नजिक जङ्गलबाट पक्राउ गरेको हो । थापाको हत्या भएसँगै फरार भएका पहलसिं सारु र दानबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

सोमबार राति १२ बजे दोहोरो झडप हुँदा मृत्यु भएका थापाको घाँटीमा चोट देखिएको आफन्तले जानकारी दिएका छन् ।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3