३३ किलो सुन तस्करी प्रकरण: ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश

२५ माघ २०७५
banner

विराटनगर। चर्चित साढे ३३ किलो सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश दिएको छ।

उच्च अदालत मोरङको आदेशलाई सदर गर्दै थुनामा रहेकाहरुलाई थुनामै राख्ने आदेश दिएको हो।

थुनामा रहेका ८ जनाले उच्च अदालतमा रिहाईको माग गर्दै पुनरावेदन गरेका थिए।

बिहिबार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ र डाक्टर डेभिट भनिने छिरिङ वाड्ला घलेलाई थुनामै राख्ने जिल्ला अदालतले आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले बताए। आजको नेपाल समाचारपत्रबाट 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l