आँधी तूफानमा परेर ६ जना पर्यटकको मृत्यु

२६ अषाढ २०७६
banner

ग्रीस । ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ। थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए।

टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ। प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् । मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन्। 

उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ । स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ। 

ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ। 

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l