श्रीलङ्कामा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा ७८ जना गिरफ्तार    

१ जेठ २०७६
banner

फाईल तस्विर

कोलम्बो । श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा ७८ जनालाई गिरफ्तार गरिएको छ । प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारीअनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।

उनले पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले झडप वा हिंसाका बेलाको भिडियोहरू पनि हेरेर छानबिन गरिरहेको उनले बताए । प्रहरीले पक्राउ परेका सबै जना दोषी भएको पुष्टी हुनसक्ने जनाएको छ । उनले घटना अझै बल्झिने सम्भावनालाई मध्यनजर गर्दै कतिपय ठाउँमा कर्फ्यु लगाइएको पनि जानकारी दिए ।

 ती घटनाहरूमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारमा जनाइएको छ । श्रीलङ्कामा पछिल्लो समय विभिन्न ठाउँमा जातीय हिंसात्मक घटनाहरू भइरहेको छ भने आम नागरिक त्रसित भएका छन् ।

ताजा भिडियो

‘लप्पन छप्पन २’ को सुटिङमा हाकुकालेको धमाकेदार इन्ट्री | Saugat Malla | Haku Kale |

कर्मचारीलाई कुचो र लौरो लगाउने सरकार प्रवक्ताको कडा अभिव्यक्ति । Gokul Baskota l

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |