जापानमा लाफा र पुनको भब्य बिदाई

 

 
   
 
फोटो ग्यालरीको मुख्य भागमा जानुहोस
 

छिरिङ्ग तेन्जिङ शेर्पा -टोयोटा जापान

२४ मार्च टोयोटा सिटी जापानमा नेपाली आदिबाशी संघ जापान र मगर सेवा समिती तोकाई जापानको संयुक्त आयोजनामा जापानको टोयोटा स्थित एसियान किचेन रेस्टुरेन्टमा श्री सन्जोग लाफा मगर र श्री भिम पुनलाई भब्य बिदाई गरेको समाचार छ । नेपालको उदयपुर जिल्ला बेल्टार निवाशी युवा ब्यक्तित्व तथा मगर भाषाको प्रथम चलचित्र 'लिसारा'  'आस्या' को निर्माता तथा निर्देसक श्री सन्जोग लाफा मगर बिगत  केही दिन अघडी मगर सँग तोकाई जापानको निमन्त्राणामा मगर दिवस् कार्यक्रम मा सरिक  हुन तथा आफुद्वारा नृमित चलचित्रहरु   प्रद्सनको लागि जापान  आउनुभएको थियो।

त्यसैगरी धौलागिरी अञ्चल बाग्लुङग जिल्ला घर  भएको श्री   भिम प्रसाद पुन  बिगत एक दसक भन्दा बढी समयदेखि जापानमा बिभिन्न समाजसेवाको काममा तल्लिन रहदै  आउनु भएको थियो ।

एम यस् थापा मगर अध्यक्ष रहेको ' जनमुक्ती पर्टी' नेपालको बिदेश बिभाग को संपर्क ब्यक्ती समेत  रहनु   भएको श्री पुन जापानमा रहंदा बिभिन्न संघ सांस्थाको बिबिध जिम्मेवारपूर्ण पद हरु सम्हाल्दै आदिबाशी जनजाती संघ जापानलाई बर्तमान रुपसम्मा ल्याउनलाई वहाँकै योगदान मान्न सकिन्छ । कार्यक्रमको स्वागत मन्तब्य मगर सेवा समिती तोकाईको उप्-अध्यक्ष श्री राजु राणा मगर (सोलुखुम्बु टाप्टिङ्ग्) ले दिनु भएको थियो भने बिबिध सँग संस्थाको प्रतिनिधिहरुले आ-आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो । नेपाली आदिबासी संघ जापानको तर्फ बाट संघकै उप-अध्क्ष श्री वाङ्ग्छु शेर्पा (ओखल्ढुङ्गा पातले) को   हात बाट श्री लाफाको उत्तरोत्तर  प्रगतिको कामना  गर्दै जापानिज एन २०००० , प्रदान  गर्नु भएको थियो  भने उपास्थित धेरै   जसोले आफुहरुले ल्याएको उपहार सहित  बिदाई हुने  दुबै जनालाई ' अस्ठ्-मंगल्'को चिन्हा अङकित  खाता लागाई दिनु भई सुखद यात्रा को कामना गर्नु   भएको थियो ।

यसै क्रम्मा श्री भिम पुनले आफु लामो समय  बिदेशमा रहदा आफ्नो पुज्यानिय पिताजिलाई नै   गुमेकोमा ठुलो दुखेशो ब्यक्त गर्नु भयो । साथै वहाँले  सम्पूर्ण  जापानबासी नेपाली   हरुलाई धेरै लामो समय बिदेशमा नवसी आफ्नो बृद्द माता पिता  हुनु हुन्छ भने समयमानै  नेपाल फर्की  आफ्नो माता पिताको सेवा गर्ने अमुल्य अवसर नगुमाउनु   भनि सुझाब  दिनु भयो ।भाबबिह्वलहुँदै दुई शब्द बोल्ने क्रम्मा उपास्थित धेरै जनाको आंखा रसाएको थियो श्री पुनले ।

 आफु नेपाल फर्के  पछि   जनाजाती हरुको हितको आन्दोलनलाई सक्दो आफ्नो क्षेत्रबाट जे जस्तो सहयोग दिने पछि  नपर्ने पर्तिबद्धता समेत जनाउनुभयो ।  भयो ।  

यसै गरी श्री सन्जोग  लाफा मगरले आफुलाई निमन्त्राणा गर्ने संस्थालाई   हार्दिक धन्यवाद दिन्दै  जापान रहदा सहयोग  गर्नु भएको सम्पूर्ण संघ संस्था तथा ब्यक्तिहरुलाई हृदय देखिनै धन्यवाद दिनु भयो । दोस्रो बिस्व युद्धमा अमेरिक   द्बारा  बम खसाली लाखौं जापानिज हरुको ज्यान गएको स्थान हिरोशिमा सम्मको यात्रा तय गरी सहयोग  गर्नु   हुने श्रीमान श्रीमती दिपक पुन दुदी माया पुन  तथा जापानि नगरिक श्रीमती हायाशी सङ  तथा टोक्यो यात्रा को तय   गरिदिनु हुने  मगर सँग को बर्तमान अध्यक्ष श्री होम बुढा मगरलाई बिशेष धन्यवाद दिनु भयो । यसरी अन्त्यामा श्री जित बहादुर साहित्य प्रतिस्ठान को सहयोग स्वरुप सोही समयमा उठेको रकम एन १५ ,८००० यक लाख अन्ठउन्न हजार एन रकम पनि  हस्तन्तरण गरियको थियो । स्थनिया कलकारहरुको दोहोरिले गीत ले हुरुक हुरुक नचाएको उपास्थित   सयौ जना सबैले बेलुका बाट  बिहान सममा नै अत्ती नै रमाइलोको साथ कार्यक्रम सौहद्रतपुर्ण बातवरणमा कार्यक्रम सम्पन्न   भएको थियो ।

sherpaw@gmail.com

फोटो ग्यालरीको मुख्य भागमा जानुहोस