तोरोन्-ल्हा पर्व मान्दै थकाली सेवा समिती को नयाँ कार्यसमिती चयन

 

 
 
   
 
फोटो ग्यालरीको मुख्य भागमा जानुहोस

तोरोन्-ल्हा पर्व मान्दै थकाली सेवा समिती को नयाँ कार्यसमिती चयन

छिरिङ्ग तेन्जिङ शेर्पा , शंकर भट्टचन टोयोटा

१० मार्च २०७ आइची केन टोयोटा

थकाली जातिहरुको महान चाड तोरोन्-ल्हा जापानको आईची केन को टोयोटा शहरमा हालै भब्यतको साथ मनईयो ।

नि बर्तमान् अध्यक्ष श्री बसन्त गौचनको सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रमको पर्मुख अतिथी थकाली सेवा समिती टोक्यो को अध्यक्ष श्री धुर्व भट्टचन हुनु हुन्थ्यो भने बिसेस् अतिथिम नेपाल बाट आउनु भएको युवा ब्यक्तित्व तथ सहित्यकार् श्री सन्जोग् लाफा मगर् हुनु हुन्थ्यो।

अन्य अतिथिहरुमा मगर् सेव समिति तोकाई जापानको अधक्ष श्री होम् बुढा मगर्, शेर्पा सङ्घ् जापानको अधक्ष श्री लामा पासाङ्ग् शेर्पा , नेपाल् छन्त्याल् सङ्घ् जापानको अध्यक्ष श्री श्री छन्त्याल्, तमु धिं नागोया जापानको अध्यक्ष श्री डम्बर गुरुङ्ग्, नेपाली अदिबाशी जनजाती संघ जापानको अध्यक्ष श्री गजेन्द्र छन्त्याल ले अतिथिको आसन ग्रहण गरेको थियो ।

स्वागत मन्तब्य नि बर्तमान उपधक्षा श्री हिरा प्रकाश गौचनले दिनु भयको थियो भने तोरोन्-ल्हा सम्बन्धी मन्तब्य प्रमुख अतिथी श्री धुर्व भट्टचनले दिनु भएको थियो । यसै गरी जनजातिहरुको तर्फ बाट श्री गजेन्द्र छन्त्यालले तेसै गरी बिशेष अतिथी श्री सन्जोग लाफा मगरले तोरोन्-ल्हा पर्वको महत्व जनाउदै सम्पुर्ण् मङ्गोल मुलका जातिहरुको साझा पर्व को रुपमा सबैले स्विकार्नु पने बताउनु भएको थियो ।

यसरी प्रथम चरणको कार्यक्रमको समप्ताको घोषणा गर्दै आफ्नो कार्यकाल पनि समाप्ता भएको जानकारी गराउदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्दै

नयाँ कार्यसमितिको उत्तोरोत्तर कामना गर्दै सक्दो आफ्नो तर्फबाट पनि हरेक क्षेत्रम सहयोग गने पर्तिबद्धता गर्नु भयो ।

थाकाली जातिहरुको पुर्खहरु कर्णाली अञ्चलको जुम्ला जिल्लाको सिंजा बाट ब्यापर ब्यवासय गर्ने क्रममा मुस्ताङग जिल्लाको थाक खोला आसपास् बस्ती बसालेको र पछि जनसंख्या बृद्धी संगै अन्यात्र पनि बस्ती बसले को स्मरण गराउदै हिमाली क्षेत्रमा बसोबास् गर्ने आफ्नो जाती हरु हिउद महिनको दुखा लाग्दो दिन हरु बिते पछि न्यानो महिना फाल्गुन महिनमा पुर्णिमाको दिन पारेरा आफ्नो इस्ट देवाता हरु ' सुङमा' नरि-ज्यिवा अर्थत तिब्बती भाषामा चार इस्ट देवत हरुलाई सम्झेर रक्षा गरुण फलिफाप होस् भन्ने कामना गर्दै सामुहिक रुपमा गोम्पामा गै पूजा गरी रमाइलो र धुमाधम सँग यो पर्व मनाउदै आएको जानकारी दिन्दै प्रथम चरणको कार्यक्रम सिद्धेको घोषणा गर्नु भयो ।

तेसै गरी संघको कोसधक्ष श्री जितेश शेरचनले सँग को आर्थक विवरण पेश गर्दै बिबिध खर्च कटाएर ७३ मान ५ हजार एन सँगको खातामा मौजदत रहेको जानकारी दिनुभयो ।

दोस्रो चरणको कार्यक्रममा कन्या केटा केटी बाट चार चन शेरचन्, गौचन , तुलचन्, भट्टचन को चार इस्ट देवतहरुको पूजा गरी भगवान बुद्ध लाई तीन पटक ढोगी ' टलु' गाना ' छ्यो ल्हामी टोरोन्-ल्हा' भन्दै गाउदै बढो बिधी पुराएर पूजा गरेका थिए । त्यसपछि

स्थानिय थकाली कलाकारहरुले पुर्खा हरुले गाउदै आएको सुखको गाना "दुखको दिन गाए सुखको दिन आए" भन्ने पर्व सँग सम्बन्धित अर्थपुर्ण गाना गाएको थियो । यसरी सबै जनाको अघडी राखिएको तीन वटा ' चम्पा' लगएको कपमा छ्याङ्ग भर्दै प्रमुख अतिथी श्री धुर्व भट्टचन द्वारा ' ओमा छ्या ' गदै औंलाको टुप्पले आकाशमा देवताको नममा चढाउदै सबैजनाले पिउन आग्रह गरेको थियो । बौधधर्मवलम्बी सबै जातिहरुले छ्याङलाई जुनाशउकै कार्य तथा कर्मकाण्डहरुमा प्रयोग गर्दै आई रहेका छन

धर्मको नाममा अरुको इच्छा बिपरित रङ लगाउने पानी छर्कने जस्त असभ्य पर्व फागु पर्व सँग तुलना नगर्न र नझुक्किन पनि सचेत गराउदै अब आउदा दिनहरुमा अझ धर्मिक बिधी लाई सक्दो बढी जोड दिदै यस पर्वलाई सबैले जहाँ जुन्सुकै क्षेत्र मा रहे पनि मान्नु पर्छ भन्ने कुरा पनि बिच बिचमा उदघोस् गरियको थियो ।

पर्याप्त खानपन तथा पेया पदर्था अनि सुम्धुर कर्णप्रिय गानामा रमाउदै करिब दुई सय को संख्यामा रहेको थकाली र गैर थकाली जाती हरुको संयुक्त उपास्थितिमा अत्ती नै सौहाद्रतपुर्ण बातावरणमा बेलुका बाट बिहान सम्मा भब्य कार्यक्रम भएको थियो ।

बिच बिचमा कवी शुभश सेरचन र सुश्री बिस्व सेरचन को कबितले दर्सक हरुलाई थप मनोरन्जन दिलाएको थियो

शंकर भट्टचन को उदघोशन तथा श्री अर्जुन पुनले संगीत तर्फ डि जे को सफलतापूर्वक जिम्मेवार बहन गरेको उक्त कार्यक्रम मा नव निर्वाचित कार्य समितिको सदस्य हरुलाई हार्दिक बधाई दिन्दै शेर्पा संघ जापानको अध्यक्ष श्री लामा पासाङ शेर्पा ले खात लगई दिनु भएको थियो ।

स्मरणिय रहोस् बौधमार्गि शेर्पा , तिब्ब्तियन्, तमाङ , मोङोलियन हरु तथा अन्या धेरैले यस् पर्वालाई ' छ्यो-ठुल तुछ्यान्' को रुपमा धुमधाम साथ मनईन्छ ।

थकाली सेवा समिती तोकाई जापानको नयाँ कार्य समिती हरु यस् प्रकर छन ।

अध्यक्ष श्री हिरा प्रकाश गौचन

उपा-धक्षा श्री सन्देस् सेरचन

उपा-अद्यक्ष श्री जीवन तुलाचन

सचिब्- श्री बिरेन्द्र सेरचन

सह-सचिब श्री जनक सेरचन

कोशा-धक्षा भरत गौचन

सह कोश अध्यक्ष सुनिल सेरचन

सदस्य हरु

श्री उमेश तुलाचन

श्री हेमन्त गौचन

सुश्री बिस्व सेरचन

श्री प्रकाश सेरचन

श्री प्रमोद सेरचन

सल्ल्हाकर हरु

श्री जयन्द्र सेरचन

श्री बसन्त गौचन

श्री चन्द्र सेरचन

फोटो ग्यालरीको मुख्य भागमा जानुहोस