'आफ्नै कुकुर घाँडो'

९ फाल्गुन २०७५
banner

गर्ला भनि घरको रक्षा पालेँ कुकुर मैले 
के को गर्नु रक्षा हजुर घाँडो भा छ ऐले
दुई घरको कलो जुठो खाँदा मिठो मानि 
त्यहि भएर बिग्रो कि खै यो कुकुरको बाँनी।
 
कुन कलोमा बेगार पर्यो अचम्मै पो भा छ 
निस्वार्थी त्यो प्राणिपनि स्वार्थी हुँदै गाछ 
घरै फोर्ने चोर आउँदा टाड मुनि लुक्छ 
कलो खाने बेला भए सेवा लाउन भुक्छ।
 
अनायसै भुक्यो आज बिघ्न कतै भो कि 
रोगी बुढी आमाको बढ्यो कि खै खोकी 
जर्फ़राउदै उठे राति हेरे तल माथि 
के भएर भुक्यो भन्दै अधेरिको साथी।

देखाउँछ केहि जस्तो गरि वरिपरी घुम्यो
चाम्रे पुच्छर डोल्याउँदै खाली भाडो सुम्यो 
हन्त्कारी शान्त पार्न कलो थपे मैले 
के भएर यस्तो गर्छ सोच्न थाले यैले।

भुक्नै छाड्यो स्याललाई देख्दा साधु देख्दा भुक्छ 
कलो खान सेवा लाउँछ अरु बेला लुक्छ 
कुखुरा चोर्ने स्याल संग साखै हुन जान्छ 
उनले फाल्या टाउको खुट्टा मिठो मानि खान्छ।
 
टोलै भरका कुकुरको नाईके जस्तो गरि 
सबै कुकुर हिँड्दा रैछन् उसका वरीपरी 
स्यालले फाल्या खुट्टा खाँदा नभरिएर पेट 
उसको कलो खाँदा रैछन् हुँदा जम्मा भेट।।

अरु पाल्ने जिम्मा समेत लेको रैछ यसले 
खेद्छु अब यस्तो डाम्नो पल्दिन भो मैले।

अर्जुन राज पन्त  

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l