जोशी हाइड्रोपावरको टर्वाइनमा आगलागी

२९ जेठ २०७६
banner

पशुपतिनगर । इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ। मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

वडा नं ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो।

आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको छ। आगो के कारणले लागेको भन्ने बारेमा यकिन हुन सकेको छैन।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l