आगलागीबाट करिब १८ लाख बराबरको धनमाल जलेर नष्ट

२७ माघ २०७५
banner

काठमाडौं । बर्दिया र काभ्रेमा भएका आगलागीबाट करिब १७ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

बर्दिया, मधुवन नगरपालिका ७ दशरथ बस्ती बस्ने बाबुराम खरेलको घरमा बिद्युतको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको भाँडाबर्तन, लत्ताकपडा, अन्नपात र नगद ६८ हजार रुपैयाँ जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

काभ्रे, रोशी गाउँपालिका ५ छाप बस्ने गंगाबहादुर तामाङको ढुंगा माटोले बनेको कच्ची घरमा बिजुलीको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको भाँडाबर्तन, लत्ताकपडा, अन्नपात लगायतका सामनहरु जलेर करिब १२ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l