आजको राशिफल : मिति २०७५ साल चैत ३० गते अष्टमी तिथि शनिबार

३० चैत्र २०७५
banner

आज मिति २०७५ साल चैत ३० गते । तदनुसार इश्वी सन् २०१९ अप्रिल १३ तारिख । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण। वसन्त ऋतु । नेपाल संवत् ११३९ चौलाथ्व । चैत्र शुक्लपक्ष। अष्टमी तिथि शनिबार ।

मेष

उपलब्धिका काम ओझेलमा पर्ने छन् । आकस्मिक खर्च वृद्धिले कार्य क्षेत्रमा असर पु¥याउनेछ । व्यवहारिक सहयोग गर्ने कोहि हुने छैनन। अरुको काम गरेर जश मिल्ने छैन । पारिवारिक समस्या बढ्नेछन् । आलोचना सहनु पर्ला । व्यापारबाट आम्दानी घट्न सक्छ। विश्वासको संकट पर्नेछ । धन सम्पति चोरी वा हराउन सक्छ ।

वृष

कार्य क्षमता बढ्नेछ । आफ्नै बाहुबलबाट अधिकाँश काम सम्पादन हुनेछन् । अरुको बोलीको विश्वासमा केहि नगर्नु होला पछि धोका दिन सक्छन् । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । राजनीति तथा नोकरीमा कम सफलता मिल्नेछ ।

मिथुन

दिन मध्यम देखिन्छ । अरु संग काम गर्दा विचार पु¥याउनु होला नत्र तपाईको कमजोरीको फाइदा उठाउने छन् । आफ्नै ज्ञान,बुद्धि र शिपको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ, ध्यान दिनुहोला । आर्थिक कारोवारमा नियन्त्रण गर्नु पर्र्ने देखिन्छ । प्रयत्नहरु सफल हुनेछ । आन्तरिक कुरा नफुत्काउनु होला घाटा हुनेछ ।

कर्कट

दृष्ढ निश्चयका साथ काममा लाग्नुहोला । खर्चमा नियन्त्रण आउनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । झै–झमेलाबाट मुक्ति मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

सिंह

दिन प्रतिकुल देखिन्छ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला क्षति धेरै बेहोर्नु पर्नेछ । घमण्डले आफैलाई घाटा हुनेछ । सहयोग गर्ने कोहि हुने छैन,मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । नोकरी तथा राजनीतिमा असफलता मिल्नेछ । आम्दानीको तुलनामा खर्च बढि हुनेछ ।

कन्या

आश्वासनका भरमा मात्रै काम नगर्नु होला । मान्यजनको आशिर्वाद लिएर काम गर्नु होला । आफुमा भएको ज्ञान र शिपको सदुपयोग गर्न सके उपलब्धि थोरै भए पनि हात लाग्नेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्जनलाई वचत गर्न गाह्रो हुनसक्छ । राजनैतिकमा लागेर कुनै फाइदा हुने छैन ।

तुला

दिन सामान्यतया अनुकुल नै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । आफन्तबाट सहयोग मिल्नेछ तर आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । राजनीति तथा नोकरीमा नयाँ अवसर आउन सक्छ ।

वृश्चिक

काममा देखिएका समस्या कम हुनेछन् । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला आफैलाई घाटा हुनेछ । शैक्षिक गतिविधि अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ ।

धनु

दिन प्रतिकुल देखिन्छ । सचेत भएर अगाडि बढ्नु होला कुनै पनि समस्या काबु भन्दा बहिर जाने सम्भावना धेरै देखिन्छ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक संरचनालाई नचलाउनु होला गडबढ हुनसक्छ । अरुको कुरा सुनेर काम गर्नु भयो अथवा लगानी गर्नु भयो भने डुब्नु हुनेछ ।

मकर

दिन अनुकुल नै देखिन्छ । पढाई लेखाईमा भन्दा कमाईतिर मन दौडिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । वैदेशिक काममा थोरै सफलता मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ ।

कुम्भ

काममा शत्रुको बक्रदृष्टि पर्नेछ सचेत भएर आगाडि बढ्नु होला । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै केहि हुने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला जीत हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नयाँ कामको अभ्यास हुनेछ।

मिन

तयारी विनाको काम अधुरा रहनेछन् । काममा सक्रिता बढाउनु पर्ने देखिन्छ । दोमन भएर केहि नगर्नु होला । बाह्य कुरामा लाग्नु भयो भने पछि परिनेछ । शैक्षिक र न्याय मार्ग सवल देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग गर्ने मन भएका कमै भेटिने छन् । कुटनैतिक विधि अप्नाएर काम गर्नु होला।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l