आज बुधबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

२९ फाल्गुन २०७५
banner

मेष

घरमा सुख शान्ति कम मिल्नेछ । काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले साथ दिदा केहि उपलब्धि हात लाग्नेछ।

वृष

शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । अरुको भर परेर काम नगर्नु होला । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । भाग्यले कम साथ दिनेछ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

मिथुन

काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा पनि मन्दि आउनेछ । आम्दानी भन्दा नोक्सान बढि होला । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । राज्यबाट दण्डित हुने अवस्था आउन सक्छ सतर्क रहनु होला ।

कर्कट

गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्नेछ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा गर्नु होला सधै समयले साथ दिने छैन । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । मिलेर भने पटक्कै काम नगर्नु होला।

सिंह

आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । शत्रु नास हुनेछन्।

कन्या

आफ्ना कामलाई केन्द्र विन्दु राखेर काम गर्नु होला । दिन आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ । समयमा भने सामान्य सुधार आउनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आफन्तबाट सामान्य सहयोग मिल्ने देखिन्छ । रोकिएका काम अगाडि बढ्ने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । धर्मिक विश्वास बढ्नेछ।

तुला

समयले कम साथ दिएको देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अरुबाट सहयोगको आशा राख्नु गलत हुनेछ । लगानी नबढाउनु होला।

वृश्चिक

सामान्यतया दिन अनुकुल नै देखिन्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अरुको भर नपरि काम गर्नु होला । राजनैतिक गतिविधि अगाडि बढ्ने छन् । नोकरीमा नयाँ सम्भावना देखिने छन्। पढाई लेखाईमा खासै चासो बढ्ने छैन । श्रमको मुल्य मिल्नेछ । भाग्य भन्दा कर्म बलियो देखिन्छ । अग्नि तत्व प्रधान कामबाट बढि फाइदा हुनेछ।

धनुः– कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । गरेका अधिकाँक काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । झट्ट कसैलाई पनि विश्वास गरेर काम नगर्नु होला धोका हुनसक्छ ।

मकर

अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन । आफ्नै कारण मित्र पनि टाढा हुनेछन् । विवादबाट टाढा वसेर काम गर्नु होला । भय आतुरमा गरेका कामले पोल्नेछ।

कुम्भ

विना तयारी काम गर्दा सोचे जस्तो उपलब्धि हात पार्न सकिने छैन । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्नेछ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न । परभाव,परबन्धनको सम्भावना देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । मालसमान चोरी वा हराउन सक्छ चनाखो रहनुहोला।

मिन

गरेका काम अधिकाँश सफल हुने देखिन्छ समयको सदुपयोग गर्न पछि नपर्नु होला । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ । वैदेशिक मार्ग र शैक्षिक मार्ग बढि सफल देखिन्छ । अन्य मार्ग सामान्य रहेका छन्।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |