आजको राशिफल : मिति २०७५ साल चैत २८ गते षष्ठी तिथि बिहीबार

२८ चैत्र २०७५
banner

आज मिति २०७५ साल चैत २८ गते । तदनुसार इश्वी सन् २०१९ अप्रिल ११ तारिख । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११३९ चौलाथ्व । चैत्र शुक्लपक्ष । षष्ठी तिथि बिहीबार ।

मेष

सवै समस्याको निकास आफै भित्रबाट खोज्नु होला । बास्तुकला,उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ । काममा ढिला सुस्ति नगर्नु होला पछि पश्चताप हुनेछ ।

वृष

अल्छिपन त्यागि काममा लाग्नुहोला । लेनदेन कारोवारमा चनाखो रहनुहोला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ सचेत रहनु होला । कामलाई हल्का रुपमा नलिनु होला । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आस्था र विश्वास घट्न सक्छ । घरयासी खर्च बढ्नेछ ।

मिथुन

आफुमा भएको ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा धेरै उपलब्धि हात लाग्नेछ । आर्थिक कुराले बढि पिरोल्ने देखिन्छ । परिवारमा देखिएका समस्या केहि समाधान हुनेछन् । देश,प्रदेश यात्राको योग बनिरहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगतिको राम्रो सम्भावना देखिन्छ । सयमयमा कार्य सम्पादन गर्ने प्रयत्न गर्नु होला ।

कर्कट

उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचारको शिकार हुने सम्भावना पनि त्यतिकै देखिन्छ । कुनै क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या कुराले सताउनेछ । पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ । काम गरेर जश कमै मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला ।

सिंह

औषधी चिकित्सा तथा कृष औजार एवं हातहतियार सम्बन्धि कामबाट फाइदा बढि हुनेछ । शत्रुसँगको लडाईबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । समयमा काम सम्पन्न गर्ने प्रयत्न गर्नु होला नत्र पछि पश्चताप हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफन्तबाट सहयोग मिल्नेछ।

कन्या

सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । प्रयत्नबाट नयाँ काम हात पारिनेछ । नोकरी तथा राजनीतिमा बढि दखल हुनेछ । गरेका काम काजमा सफलता मिल्नेछ र मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । वोलीको भरमा काम हुनेछन्।

तुला

ठेक्का पट्टा तथा एजेन्सीका कामबाट थोरै राहात मिल्नेछ। शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ । घरका कुराले मनलाई बढि नै पिरोल्नेछ । काम गरेर जश भन्दा अपयश बढि मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । घर छोडेर हिड्न मन लाग्ने छ । साना साना काम सफल गर्न पनि दखल बढि नै गर्नु पर्नेछ । गोपनियता भङ्ग नगर्नु होला।

वृश्चिक

तापईको कार्य क्षेत्रको यात्रा मृगतृष्णा जस्तै हुनेछ । अनावस्यक विषय बस्तुले मानसिक चिन्ता बढाउनेछ । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घटनेछ । भाग्यमा अवरोध आउन सक्छ । अशाहरु निराशामा परिणत हुनेछन्।

धनु

कार्य क्षेत्रमा नक्कलीहरुको प्रवेश हुनसक्छ सतर्क भएर काम गर्नु होला । कामबाट पूर्ण सन्तुष्टि नमिले पनि निरासा भने हुनु पर्ने छैन । आयात तथा निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । काममा हेलचक्रयाई नगरी समयमा सम्पन्न गर्ने प्रयत्न गर्नुहोला । रजोगुण बढ्नेछ।

मकर

वैदेशिक काममा हात नहाल्नु होला । परिवारमा विवाद बढ्न सक्छ । अर्काको कुरा सुनेर काम नगर्नु होला क्षति धेरै हुनसक्छ । गोपनियता अप्नाई लगनशिल भई गरेका अधिकाँश काम सम्पादन हुनेछन् । फाइदा पनि लिन सकिनेछ । समयलाई बुझेर काम गर्न सकेमा सफलताको नजिक पुगिने छ । खेलाडीको लागि दिन बढि उपलब्धिपुर्ण रहला।

कुम्भ

मनमा शान्ति मिल्ने छैन । काममा दुविधा उत्पन्न हुनेछ । राज्य शक्तिको दुरुपयोग गरेर तपाईलाई कसैले दुःख दिन सक्छ सतर्क रहनुहोला । कृषि क्षेत्रमा लगानी नबढाउनु होला । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । अकारण धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । नोकरीबाट सन्तुष्टि मिल्ने छैन । यात्रामा कष्ट हुनेछ।

मिन

आन्तरिक समस्या समाधान गर्न नसक्दा उपलब्धि गुम्न सक्छ समयमा सचेत हुनुहोला । आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । शैक्षिक र न्यायिक क्षेत्र कमजोर देखिन्छ । लेनदेन कारोवारमा सचेत रहनुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । पारिवारिक जमघट बढ्न सक्छ।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |