आजको राशिफल : मिति २०७५ साल माघ २८ गते षष्ठी तिथि सोमबार

२८ माघ २०७५
banner

आज मिति २०७५ साल माघ २८ गते, इश्वी सन् २०१९ फेब्रुवरी ११ तारिख । शकसंवत् १९४०। विरोधकृत् संवत्सर, उत्तरायण, शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– षष्ठी सोमबार।

 

मेषः काममा देखिएका समस्या कम हुनेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । आफन्तबाट सहयोग सहानुभुति मिल्नेछ । महत्वकाँक्षा जाग्नेछ । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ ।

वृषः अस्थिरता बढ्नेछ । कार्य लनगशिलता घट्दा उपलब्धि घट्नेछ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । काम गर्दा आलोचना सहनु पर्नेछ । कसैबाट माया ममतामा पाईने छैन । फजुल खर्चमा वृद्धि हुनेछ । दुर्जनहरुले पिछा गर्ने छन् । व्यापारमा गरेको लगानी डुब्न सक्छ । परिश्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । आस्था र विश्वासमा चोट लाग्न सक्छ ।

मिथुनः मान्य जनको सहयोग सहानुभूति मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । उधारो कारोवार नगर्नु होला । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । पुराना मित्रहरु भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ ।

कर्कटः सकरात्म सोचको विकाश हुनेछ । असहज परिस्थितिको सामना हुनेछ । रोकिएका कामले गति लिनेछ । कर्म प्रप्तिको योग देखिन्छ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ तर प्राप्त गर्न गाह्रो हुनेछ । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमता बढ्नेछ । सहयोगी मन भेटिने छन् । सामाजिक उत्तरदायित्व बहन गर्नु पर्नेछ ।

सिंहः समयमा पूर्ण होईन आँशिक सुधार आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि हुनेछन् जसका कारण आफ्ना उपलब्धिका काम ओझेलमा पर्ने देखिन्छ । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । घर डेराको समस्या पर्न सक्छ । पढाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

कन्याः हेलचक्र्याई नगर्नु होला,सोचेर काम गर्नु होला दिन प्रतिकुल बढि देखिन्छ । आशा र भरोसा निराशामा परिणत हुनेछ । काम गर्ने वातावरण भत्किने छ । दुष्टहरुको सक्रियता बढ्नेछ । दैनिका काममा समस्या आउनेछ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्य कमजोर हुनेछ । लगानी नबढाउनु होला ।

तुलाः समयले साथ दिनेछ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या समाधान हुनेछन् । दैनिका काममा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

वृश्चिकः आफ्नो काममा आफै लाग्नु होला । संघर्षबाट मात्र लक्ष्य भेटाईनेछ । शत्रुहरुले सहज रुपमा काम हुन दिने छैनन । प्रतिश्पर्धाबाट पछि नहट्नु होला अन्तिम परिणाम सुखद निस्कनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋणमा काम नगर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

धनुः मनमा दुविधा बढ्नेछ । समयमा निर्णय लिन सकिएन भने उपलब्धिका काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा चनाखो रहनुहोला । इच्छा शक्ति कमजोर हुनेछ । वोलीको अनर्थ लगाउन सक्छन् । आफन्त पराई जस्ता हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अन्य काममा आँशिक सफलता मिल्नेछ ।

मकरः शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । भाववेगमा आएर कुनै काम नगर्नु होला क्षति बढि हुनेछ । धन खर्च गरेर अरुलाई आफ्नो बनाउनुको कुनै अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । दुःख विसाउने चौतारी मिल्ने छैन ।

कुम्भः साहास,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । उपकारका काममा धन खर्च हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा सक्रियता बढ्नेछ । आफ्नै पौरखमा रमाउनु पर्नेछ ।

मिनः अरुको भरमा मात्र काम नगर्नु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनुहोला । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ क्षेत्रमा लगानी गर्दा एक पटक सोचेर मात्र गर्नु होला । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l