चितवन राइनोजको टिममा आकाश र सपनिल समावेश

२६ आश्विन २०७५
banner

काठमाडौं । यही कात्तिक ९ गतेबाट पोखरामा हुने पोखरा प्रिमियर लीग (पीपीएल)मा सहभागी हुने चितव राइनोज प्रालिले स्थानीय आइकन खेलाडीको कोटामा चितवनका आशिथ थापा र सपनिल अधिकारीलाई समावेश गरेको छ । 

पीपीएलको खेलाडी व्यवस्थापन नियमअनुसार प्रत्येक टिममा कम्तीमा दुई जना स्थानीय आईकन खेलाडी हुनुपर्ने प्रावधानअनुसार चितवन राइनोजले उनीहरुलाई समावेश गरेको हो । 

ती खेलाडी समावेशबारे राइनोजले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । 

चितवनले हालै सम्पन्न खेलाडीको अक्सनमा शक्ति गौचनलाई सबैभन्दा महंगोमा खरिद गरेको थियो । उनलाई दुई लाख ६२ हजारमा उसले किनेको थियो ।

पीपीएलको नियमअनुसार एक खेलाडीका लागि अधिकतम २ लाख ५० हजारभन्दा बढि खर्च गर्न नपाइने भए पनि चितवनले जरिवाना तिरेरै भए पनि उनलाई आफ्नो टिममा समावेश गरेको थियो ।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |