एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल म्यानमारसँग

२९ जेठ २०७६
banner

फाइल फोटो

काठमाडौं । मलेसियामा हुने एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। जुलाई २ बाट ९ तारिखसम्म आयोजना मा नेपाल समूह ‘ए’ मा परेको छ।

एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकामा नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र सिंगापुर छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड छन्। नेपाल गत संस्करणको विजेता हो।

सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्नेछ। सोही दिन आयोजक मलेसियाले थाइल्यान्डको सामना गर्दा अर्को खेलमा सिंगापुरले चीनको सामना गर्नेछ। नेपालले दोस्रो खेल जुलाई ५ मा सिंगापुरसँग प्रतिस्पर्धा गर्दा तेस्रो खेल जुलाई ६ मा चीनसँग खेल्नेछ।

८ टोलीलाई दुई समूहमा विभाजन गरीएको छ। नकआउट प्रणालीमा सञ्चालन गरिने प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यु–१९ एसिया कपमा सहभागी हुने अवसर पाउनेछ।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli