नुवाकोटबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

२६ आश्विन २०७५
banner

समाचार प्रतिनिधि तस्वीर

काठमाडौँ । नुवाकोटको खरानीटारबाट काठमाडौँ आउन लागेको यात्रुबाहक बस दुर्घटना हुँदा ४४ यात्रु घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्थामा गम्भिर रहेको छ। 

नुवाकोटको खरानीटारबाट काठमाडौँका लागि छुटेको बा१ ख ६३५६ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

दुर्घटनामा घाइते भएका मध्ये १३ जनालाई उपचारका लागि काठमाडौँ ल्याइदै छ। बसमा प्राय दसैँका लागि किनमेल गर्ने यात्रुहरु सवार थिए। घटनाको पूर्ण विवरण आउन बाँकी छ। 

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l